२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 5.66

Humidity: 41

Latest
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान, पूर्वउपराष्ट्रपति पुन पनि सहभागि पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश ‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’ सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु पूँजी कर्जामा लचिलो भयो राष्ट्र बैंक, सबै कर्जा चुक्ता गर्नु नपर्ने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जामा केही लचकता अपनाएको छ । चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गर्दै केन्द्रीय बैंकले केही लचकता अपनाएको हो । यसअघि वर्षको एकपटक चालु पूँजी कर्जा एक साताको लागि शुन्य बक्यौता बनाउनु पर्ने व्यवस्था रहेकोमा अब भने १० प्रतिशत बक्यौता बाँकी राख्न पाइने भएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार चालु पूँजी कर्जाका विभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ ।

राष्ट्र बैंकले त्यसको लागि पनि केही समय दिएको छ। पहिलो वर्षका लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। त्यस्तै दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्ते भने स्रो वर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्नुपर्नेछ ।

बैंकका अनुसार ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न पाइने छैन ।

यद्यपि ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको चालु पूँजी कर्जा प्रदान गर्न बाधा पर्ने छैन ।

राष्ट्र बैंकले सूचनामा यस्तो प्रकृतिको कर्जा सिजनल व्यवसायलाई समेत (जस्तै रसायनिक मल खरीद, चाडपर्वसँग सम्बन्धित व्यापार आदि) औचित्यको आधारमा प्रवाह गर्न सकिनेछ उल्लेख गरेको छ ।

यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ ।

कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकभन्दा बढी आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्ने पनि केन्द्रीय बैंकले जनाएको छ।