२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रह्यो निषेधाज्ञाको १० औं दिन ?



अ+ अ-

काठमाडौं । निषेधाज्ञाको १० औ दिन आज सनिबार काठमाण्डौ उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा कम सवारीसाधन सञ्चालनमा रहे । 

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सनिबार अत्यावश्यक सेवाका , खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन देखिएका थिए । फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको थियो । 

गत विहिबारदेखि निषेधाज्ञा उलंघन गर्नेहरुलाई प्रहरीले जरिवाना गर्न थालेपछि निषेधाज्ञाको पालना गर्ने क्रम बढेकाले पनि सडकमा अत्यावश्यक बाहेकका सवारी साधन कम भएका हुन् । साथै सनिबार भएकाले एक चौथाई कर्मचारीबाट सञ्चालन भएका सरकारी कार्यालय, वित्तिय कार्यलय लगायत कार्यालय बन्द भएका कारण पनि सडकहरु सुनसान देखिएको हो । बिना पास सवारी संञ्चालन गरेकाहरुमाथि गरिएको कारवाहीको संख्या पनि तुलनात्मक रुपमा आज सनिबार न्युन छन् ।