२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

कोरोना संक्रमितले के खाने, के नखाने ?

कोरोना संक्रमितले के खाने, के नखाने ?
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छौं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ । कोरोनाको यो महामारीमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि किसिमको सम्झौत गर्नु राम्रो हुँदैन।  

अहिलेको कोरोना कालमा हाम्रो शरीरलाई रोग लाग्नबाट बचाउनु नै महत्वपूर्ण विषय बनेको छ । यसका लागि के खाने जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको छ भने के नखादाँ राम्रो हुन्छ भन्ने विषयमा पनि ध्यान दिन उतिकै आवश्यक छ ।  

कोरोना लागेको व्यक्तिले खानेकुरा ध्यानपूर्वक सेवक गर्न जरुरी छ । पोजेटिभ आएपछि बिरामीले भिटामिन सी, भिटामिन डी, मिनरलस, जींक जस्ता पोषक तत्व भएको दाल, सिमी, माछा, मासु, अण्डा, आदि खानेकुराको बढी सेवन गर्नु पर्छ । 

यस्तै, कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्न आवश्यक हुन्छः  

१. प्याक गरिएको खाना : कोरोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।  

२.मसालेदार खाना : कोरोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।  

३.चिसो पेय पदार्थ : कोरोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ  ।  

४.तारेको खानेकुराहरु  : बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ । यस किसिमको खानेकुराले रोग प्रतिरोधात्मक क्षमतमलाई असर पुर्याउने गर्छ । यस किसिमका खानेकुराभन्दा ताजा तथा काचो फलफूल शरीरका लागी फाइदाजनक रहेको हुन्छ ।  

खानेकुरा र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध रहेको हुनाले आफ्नो खानेकुराको छनौट गर्दा विशेष ध्यान दिने गरौँ र स्वस्थ बनौँ ।, नागरिक दैनिकबाट