२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन, अनुसन्धानका लागि तान्नु: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियानले ललिता निवास , भुटानी शरणार्थी  र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।

अभियानले आज बिहान प्रधानमन्त्री दाहालाई वालुवाटारमा भेट गरी बिभिन्न प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

भेटमा सहभागी काग्रेस नेता जगदिश्वर नरसिंह केसीका अनुसार बिभिन्न प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने, अनुसन्धानमा आग्रह पूर्वाग्रह राख्न नहुने र बिभिन्न प्रकरणमा नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिनुभयो ।

भेटबारे नेता केसीले न्यूजपोलारसंग भन्नुभयो ‘पछिल्ला केही दिन यता सामाजिक सद्भाब भड्काउने काम भै रहेको र त्यसलाई बेलैमा सम्बोधन गर्नु दलहरुले सामुहिक आव्हान गर्न सुझाब दिएको पनि केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्यू कास्टिङ मात्र देखियो पुरा फिल्म कहिले देख्न पाईन्छ कि बिचैमा तुहिन्छ भनेर समेत सम्झाएका छौ ।’

प्रधानमन्त्रीको भनाई उद्दृत गर्दे नेता केसीले भन्नुभयो ‘मेरै दलभित्र पनि जजसको नाम आएको छ । उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,।’

प्रधानमन्त्री दाहालले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने आश्वासन दिनुभयो ।

भेटमा कांग्रेसका नेताहरू मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटी लगायत सहभागी हुनुहुन्थो ।