![](https://newspolar.com/wp-content/uploads/2023/08/dejan.jpg)
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बर्नमाउथलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।
टोटेनहमको जितमा खेलको १७ औं मिनेटमा जेम्स म्याडिसनले तथा ६३ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरे ।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १ अंक रहेको बर्नमाउथ भने १६ औं स्थानमा छ ।