२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । 

बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

 महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो । रासस