२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्काको धर्म, संस्कार र आस्थालाई सम्मान गरौँ: सभापति लामिछाने



अ+ अ-

भरतपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राख्नुभएको छ ।

कार्यक्रमका सहभागी हुन चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै सबै पक्ष शान्तिपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सबैलाई सद्भाव कायम राख्न अपिल समेत गर्नुभयो । सभापति लामिछानेले आमसञ्चार माध्यममा त्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गर्नुभयो ।

सभापति लामिछानेले भरतपुरमा चलाइएको मोबाइल क्लिनिक र ब्लु बसको बारेमा टिप्पणी गर्दै आफूहरुले केही नयाँ परिवर्तन गर्न खोजेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यसबाट भविष्यमा बहुआयामिक ढङ्गबाट सोचेर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ  ।” उहाँले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको भागबण्डा भएको भन्दै आफूले पनि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । रासस