३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

किन युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन् ?

किन युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन् ?
सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि ।

भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ?

उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ ।

तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।

त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् ।

यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् । कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ ।

कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन ।

धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

किन युवतीहरु आफूभन्दा बढी उमेरका पुरुषको प्रेममा पर्छन् ? यस्ता छन् कारणहरुः

१. सुरक्षाको भाव

कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन् । परिवारमा पिता वा भाई जस्ता पुरुषको संरक्षण नमिलेको कारण उनीहरुलाई अपमान वा दुव्र्यवहारको सामना गर्नुपरेको हुन्छ ।

यस्ता युवतीहरु सजिलै आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । कैयौंपटक युवतीहरुको यो संकेतको र बाध्यताको फाइदा पुरुषले उठाएको पनि देखिन्छ ।

२. परिस्थितीको कारण

कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ ।

अनुभव नभएका युवतीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै युवतीहरु पुरुष सहकर्मीहरुका नजिक आउँछन् । कामको सिलसिलामा लगातार सँगै रहँदा कैयौं पटक मन पनि मिल्छ ।

३. स्वार्थ

पुरुषहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका युवतीहरुलाई आफ्नो मोहजालमा फसाउँछन् । युवतीहरुले सहकर्मी भएको नाताले मात्रै पनि पुरुषहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । यस्तैमास्वार्थी प्रवृत्तिका पुरुषले यसको गलत फाइदा उठाउने कोसिस गर्छन् र युवतीहरु उनीहरुको जालमा फस्न आइपुग्छन् ।

४. बाध्यता

कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ ।

कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि युवतीहरुले आफ्ना सहकर्मी पुरुषहरुको सहयोग लिन हिच्किचाउँदैनन । यो आवश्यक पनि हुन्छ तर मनलाई के गर्ने रु सहयोग लिँदालिँदा मन पनि एकअर्काको नजिक आउँछन् त्यतिखेर उमेरको बन्धनले कुनै अर्थ राख्दैन ।

५. प्रलोभन

प्रलोभन वा लालचको कारणले पनि युवतीहरु उमेर भएका पुरुषहरुको चंगुलमा फस्छन् । कैयौं युवतीहरु धेरै सौखिन र फेसनेबल हुन्छन् । उनीहरुको आवश्यकता धेरै हुन्छ तर आवश्यकता पुरा गर्ने साधन सिमित हुन्छ ।

यस्तो स्थितीमा यदि कुनै धेरै उमेरको व्यक्ति जो साधनसम्पन्न छन् र पैसाको कमी छैन भने यस्ता युवतीहरु र उनीहरु तर्फ आकषिर्त हुन्छन् । यस समयमा उनीहरुले पछिसम्मको परिणाम देख्दैनन् ।

तत्कालिक लाभ नै उनीहरुको लागि सर्वोपरि हुन्छ । कैयौं युवतीहरु करियरको मामिलामा सर्टकट अपनाउन चाहन्छन् र धेरै ठूलो छलांग लगाएर पदोन्नती प्राप्त गर्न चाहन्छन् ।

यही लोभमा उनीहरु हाकिमसँग हिमचिम बढाउँछन् र हाकिमका धेरै उमेरलाई ख्याल नै गर्दैनन् ।

कहिलेकाँही कुनै धेरै उमेरको व्यक्तिले आफ्नो प्रभाव, व्यक्तित्व वा रहनसहनले पनि युवतीहरुलाई प्रभावित बनाउने गर्छ । राजनीति र आर्थिक जगतमा जोडिएका हस्तीहरुको साथमा कम उमेरका युवतीहरु उनीहरुको मोहपासमा बाँधिएका देखिन्छन् ।

यस्ता सम्बन्धले सँधै बर्बाद नै गर्छन् भन्ने हुँदैन । कैयौपटक यस्तो सम्बन्ध सफल भएको पनि देखिएको छ । सबैभन्दा मुख्य कुरा आपसी सम्बन्ध र परिपक्वताको हो । जहाँ सुझबुझ, विवेक र धैर्यको आवश्यकता हुन्छ । यस्तो भएमा असम्भव भन्ने कुरा केही पनि छैन् ।

आकर्षण र प्रेममा फरक छ

आकर्षण त मात्रै आकर्षण हुन्छ र धेरै आकर्षण क्षणिक पनि हुन्छन् । टाढाबाट त हरेक चीज आकर्षक देखिन्छन् । त्यसको वास्तविकता त नजिक आएपछि नै थाहा हुन्छ ।

केयौं पटक यहि आकर्षणले आकाशबाट सिधै धरातलमा ल्याउँछ । आकर्षण प्रेम, चाहना र जीवनभरको साथ सबै फरकफरक कुरा हुन् । आकर्षण र प्रेमलाई एकै सम्झिनु नै गलत हो ।

कुनै राम्रो वस्तुलाई देखेर आकषिर्त हुनु एक सामान्य कुरा हो तर यो आकर्षणलाई जीवनभरको बोझ बनाउन आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हुन सक्छ । किनभने हरेक चम्किलो चीज सुन हुँदैन ।

फेरि पनि बदलिँदो समयको आवश्यकता वा बिना मेहनत सफलता हासिल गर्ने होड मा कम उमेरका युवतीहरु धेरै उमेरका पुरुषतर्फ आकर्षित हुनुलाई खासै राम्रो सुरुवात मानिँदैन । यो अज्ञानतामा उनीहरुको भविष्य दाउमै लाग्न पनि सक्छ । एजेन्सीको सहयोगमा