२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिएण्डसीमा सङ्क्रमितका लागि २०० शैया सञ्चालन



अ+ अ-

काठमाडौँ । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आजदेखि २०० शैया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो ।  सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शैया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ  । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।” मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० शैया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।  

अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई  छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० शैया रहेको छ । विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ ।  अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।