१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बागमती नदीमा जलयात्रा -फोटो फिचर

बागमती नदीमा जलयात्रा -फोटो फिचर
अ अ+ अ-

काठमाडौं । नेपाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा बागमती नदीमा जलयात्रा गरिएको छ ।

पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाट सम्म जलयात्रा गरिएको हाे।

वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करण मनाईएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यस महोत्सवको उद्देश्य वागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्थाहरु र आम नागरिकलाई यस महाअभियानमा सरिक गराउने सत्प्रयास हो । यो महोत्सव एक साझा मञ्च हो । जसमा सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सृजना गर्दछ । यो महोत्सवको निरन्तरताको रुपमा स्थानीय सहभागिताद्वारा वागमती नदी किनारमा पार्क तथा खेलकुद मैदान समेत निर्माण गर्नेगरी अगाडि बढन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’

सो जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, वागमती सफाई अभियानमा संलग्नहरु सहभागी थिए । वागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरुले सो जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।

तस्बिर : हरिराम भेटुवाल / रासस