२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित
अ अ+ अ-

नयाँ दिल्लीः भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् । 

भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमणमुक्त भएका छन् । 

हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार यही मे ८ सम्म कूल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ । यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ ।