२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने
अ अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करीब रु दुई  करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । 

संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका  लागि एक सय  अक्सिजन कन्सन्ट्रेटर  पठाउने निर्णय गरेको हो ।

बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल  अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित  अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।  अध्यक्ष  पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल  हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा  बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिनुभयो ।  

संघका उपाध्यक्ष डा बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताउनुभयो ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि  सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गर्नुभयो  । संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

 संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिनुभयो । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको  संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिनुभयो ।

बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र  स्वास्थ्य  जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव  दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।