१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

बजेट अभावमा पदमार्ग अलपत्र

बजेट अभावमा पदमार्ग अलपत्र
बागलुङ
अ अ+ अ-

बागलुङ । यहाँ निर्माणाधीन भीमसेन ढुङ्गा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु. दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो ।

मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताउनुभयो । “तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ”, उहाँले भन्नुभयो, “बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो ।” गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुङ्गादेखि घुम्टे जोड्ने झण्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण सुरु गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गालाई समेटट्छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । 

सुरुको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा रु। दश÷दश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । सुरुको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ । 

त्यसयता उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि दुई वर्षसम्म काम भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार प्रदेश र सङ्घ सरकारको पर्यटन मन्त्रालयमार्फत हालसम्म आएको रु। तीस लाख बजेटबाट राम्चेढुङ्गादेखि गल्लाको घाँटीसम्म करिब तीन किमी पदमार्ग बनेको छ । 

“अफ्ठेरो र कठिन भूगोलका बावजुद पनि गत वर्ष वनमै बास बसेर मजदुरले पदमार्ग बनाएका थिए”, अध्यक्ष थापाले भन्नुभयो, “स्थानीय सीप र प्रविधिको प्रयोगबाट मौलिक ढङ्गले पदमार्ग निर्माण भइरहेको छ ।” दोस्रो खण्डमा अझै दुई किमी जति पदमार्ग बनाउन बाँकी छ । 

त्यसका लागि थप ४० लाख बजेट चाहिने निर्माण समितिले जनाएको छ । पहिलो खण्डमा भने चार किमीमा कामै हुन सकेको छैन । पदमार्गको सिङ्गो योजनामा रु। एक करोड बढी खर्च लाग्ने अनुमान छ । गलकोट नगरपालिका र वडाले भने हालसम्म पदमार्गका लागि कुनै सहयोग गरेको छैन ।

धेरैपटक निवेदन लिएर बजेट मागका लागि स्थानीय सरकारसम्म धाउँदा कोरोनालाई देखाएर टार्ने गरिएको निर्माण समितिको गुनासो छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने पदमार्गकै लागि भनेर छुट्टै बजेट माग नभएको उल्लेख गर्नुभयो ।

“राम्चेढुङ्गाको पर्यटन विकास नगरको प्राथमिकतामा छ, बजेट पनि दिएका छौँ”, उहाँले भन्नुभयो, “पदमार्गको योजना र बजेटको प्रस्ताव भने हामीकहाँ आएजस्तो लाग्दैन ।” नगरप्रमुख गैरेले पर्यटनको एकीकृत विकास योजना नबनेसम्म टुक्रे काम र बजेटले सोचेजस्तो परिणाम दिन नसक्ने बताउनुभयो । 

पर्यटनका योजना पार्न स्थानीयवासी पनि चनाखो र जागरुक बन्नुपर्ने उहाँको धारणा छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुङ्गासहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धन र ग्रामिण पर्यटनको उत्थानमा टेवा पुग्ने बताउनुभयो । त्यस पदमार्गले घुम्टेसम्मको दूरी पनि छोट्याउने उहाँको भनाइ छ । पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध गर्नुपर्ने उपाध्यक्ष थापाले उल्लेख गर्नुभयो । 

गण्डकी प्रदेशका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत घुम्टे गलकोट र ताराखोला गाउँपालिकाको सीमामा अवस्थित जिल्लाकै अग्लोमध्येको लेक हो । तीनहजार एक सय १० मिटरको उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकका लागि आकर्षक गन्तव्य हो, घुम्टे । त्यहाँ रहेको सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मकोकाङ्क्षा पूरा हुने लोकविश्वास छ । वर्षेनि नयाँ वर्ष र वैशाखे पूर्णिमामा घुम्टेमा ठूलो मेला लाग्छ ।(रासस,रामबहादुर थापा)