५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलास वायर “संवर्धन समारोह” सम्पन्न



अ+ अ-

बिराटनगर । हुलास वायर इण्डष्ट्रिज लि. “संवर्धन समारोह” आयोजना गरेको छ ।

इटहरी स्थित सोल्टि वेष्टन मा हुलास वायर इण्डष्ट्रिज लि. ले आफ्नो ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ संवर्धन समारोह गरेको हो ।

कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्री उद्धव थापा हुलास वायरका सद्भावदूत क्याप्टेन विजय लामा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायर को लोगो तथा विज्ञापन को भिडियो सामुहिक रुपमा उद्घाटन गर्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले हुलास वायर इण्डष्ट्रिज लाई आगमी दिनमा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री थापा, सद्भाबदूत क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाले सम्मान संगै कदरपत्र वितरण गर्नुभएको थियो ।