२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

गंगा चौधरी सत्गौवाको माधब नेपाललाई अनुरोध पत्र

गंगा चौधरी सत्गौवाको माधब नेपाललाई अनुरोध पत्र
अ अ+ अ-

तपाईहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ । माधव कमरेड लगायत पार्टीका असन्तुष्ट नेता कमरेडहरुलाई मेरो विशेष अनुरोध

पार्टीभित्रको अन्तर्विरोध, विमति , असहमति र असमझदारीलाई पार्टीभित्रै छलफल र अन्तर्संघर्षको माध्यमबाट हल गर्नु नै उत्तम विकल्प र बुद्धिमानी हो । अन्य राजनीतिक शक्ति र नेताहरुको उक्साहटमा लागेर उनीहरुको गोटी बनेर उनीहरुको स्वार्थ पूरा गर्ने कुत्सित अभिप्रायले आफ्नो यत्रो इतिहास बोकेको गौरवशाली पार्टी नेकपा एमालेलाई क्षतविक्षत धराशायी पार्न खोज्नु तपाईंहरु जस्तो बौद्धिक र सिनियर लिडरहरुको लागि पटक्कै सुहाउने कुरा होइन ।

यदि त्यो हदसम्म जानु भयो र पार्टीलाई अपूरणीय क्षति पुर्याउनु भयो भने इतिहास र पार्टीका इमान्दार कार्यकर्ता एवं शुभ चिन्तकहरुले तपाईंहरुलाई सराप्नेछन् , धिक्कार्नेछन् । इतिहासले माफ़ गर्ने छैन तपाईंहरुलाई । चेतना भया । भाई फुटे गंवार लुटे भन्ने चर्चित र साश्वत् उखानबाट तपाईंहरु पक्कै अनभिज्ञ हुनु हुन्न ।

अनि हगी सक्यो दैलो देख्यो भन्ने उखानको मर्म पनि भलिभॉती बुझ्नु भएकै छ कमरेडहरु ।एउटा व्यक्तिसंगको व्यक्तिगत इगो र टसलको कारण हजारौं लाखौं नेता कार्यकर्ता र शुभ चिन्तकहरुको मन दुखाउने छुट र हक तपाईंहरुलाई छैन ।

कथंकदाचित त्यसो गरी हाल्नु भयो भने त्यो आत्मघाती गोल ठहरिनेछ र तत्पश्चात् तपाईंहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ । त्यति बेला तपाईंहरुले पनि चैनको श्वास फेर्न सक्नु हुने छैन। तपाईंहरुको मन भतभती पोल्नेछ । आत्मग्लानि हुनेछ । यसमा कुनै सन्देह छैन कमरेडहरु । 

त्यसैले मेरो बिन्ती छ कमरेडहरु, अझै पनि समय छ ठण्डा दिमागले सोच्नुहोस् र पार्टीलाई एक ढिक्का राख्न हदै सम्मको भरमग्दुर प्रयास गर्नु होस् । इगो छोडी दिनुहोस् । यिनीहरु पद नपाएर मात्र यसो गरेका हुन् भन्ने अवगालबाट पनि बच्नुहोस् । पार्टी भित्र अन्तरसंघर्ष गर्ने उपयुक्त र सर्वोत्तम विकल्प त छंदै छनी । कहिले सासुको पालो कहिले बुहारीको पालो त भै हाल्छ नी । तर त्यसको लागि धैर्य धारण त गर्नु पर्यो नी कमरेडहरु । 

 गंगा चौधरी सत्गौवा