२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा



अ+ अ-

काठमाडौँ । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन् । काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका थिए । बाँकी दुई जिल्ला चितवन र नुवाकोट भने सो कार्यक्रममा उपस्थित थिएनन् । उक्त पत्रकार सम्मेलनमा प्रदेश संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको जानकारी दिइएको छ ।

पारस काठमाडौं जिल्लाबाट प्रदेशका प्रतिनिधि हुन् । वागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ । उक्त निर्वाचनमा यही प्यानल बलियो देखिएको छ । किनभने वागमति प्रदेश क्रिकेट संघको वर्तमान कार्यसमितिमा रहेका १३ सदस्यमध्ये सात सदस्यले यही प्यानललाई साथ दिने दाबी गरिएको छ । यो दाबीअनुरूप भएमा पारसको नेतृत्वले चार जिल्लाबाट १६ र प्रदेशबाट सात गरी मत कुल २३ मत पाउनेछन् । यो आँकडा पारस नेतृत्वलाई विजयी प्राप्त गर्न पर्याप्त हुनेछ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पनि पारसको नेतृत्वको समितिलाई स्पष्ट बहुमतका साथ जिताउने दाबी गरिएको छ । प्रदेशको नेतृत्व गर्दै पारस आगामी असोजमा हुने केन्द्रिय सचिवको दाबेदारमा जाने बुझिएको छ ।