३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् ‘रकेट महिला’ रितु करिधल ?



अ+ अ-

भारतको चन्द्रयान–३ ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक सफ्ट ल्याण्ड गरेर इतिहास रचेको छ ।

चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दा रोमाञ्चक क्षणहरू सबैले देखेका छन्। यसपटक चन्द्रयान–३ को सफल अवतरणको जिम्मेवारी महिला वैज्ञानिकको हातमा थियो । इसरो वैज्ञानिक डा रितु करिधल चन्द्रयान–३ को मिसन निर्देशक हुन्।

लामो समयदेखि महिलामाझ चर्चाको विषय भए पनि देशको यो महत्वपूर्ण मिसनको जिम्मेवारी पाएपछि उनको निकै चर्चा भइरहेको छ । यसअघि करिधल मंगलयान मिशनको उपसञ्चालन निर्देशक भइसकेकी छन् ।

को हुन् वैज्ञानिक रितु करिधल ?

रितु करिधल पढाइका क्रममा अन्तरिक्षमा निकै चासो राख्थिन् । त्यही भएर उनले यसमा आफ्नो भविष्य खोज्ने प्रयास गरिन् र आज उनी सफलताको उचाइमा छिन् ।

रितु करिधल लखनउमा मात्र पढेकी थिइन् । त्यसपछि उनले लखनउबाट भौतिकशास्त्रमा एमएससी गरिन् । यसपछि बैंगलोरको भारतीय विज्ञान संस्थानमा उनले अन्तरिक्ष विज्ञानमा स्नातकोत्तर गरिन्। रितुको प्रतिभा देखेर उनले इसरोमा जागिर पाइन् । य पछि यी युवा वैज्ञानिकले धेरै उपलब्धि हासिल गरिन् र सन् २००७ मा उनले युवा वैज्ञानिक पुरस्कार पनि प्राप्त गरिन् । सानै उमेरमा उनको क्षमता र उपलब्धिले उनलाई ठूलो वैज्ञानिक बनायो। यसपछि उनले देशका सबै ठूला अन्तरिक्ष अभियानहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यसैले उनलाई भारतको रकेट वुमन पनि भनिन्छ ।

हाल मिशन चन्द्रयान–३ को महत्वपूर्ण जिम्मेवारी उनको हातमा सुम्पिएको छ । जसमा देश र विश्वभरका करोडौँ जनताको नजर टिकेको छ । चन्द्रयान(३ सफल बनाउने तयारी भारतले लामो समयदेखि चन्द्रयानलाई चन्द्रमामा सफल अवतरणका लागि प्रयास गरिरहेको थियो, त्यसपछि अब सबै आशा यही मिसनमा टिकेको छ । भारतको यो तेस्रो चन्द्र अभियानमा पनि अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमाको सतहमा ल्यान्डरको ‘सफ्ट ल्यान्डिङ’ गर्ने लक्ष्य राखेका थिए जुन सफल भएको छ ।

‘चन्द्रयान–२’ मिसनका क्रममा ल्यान्डर विक्रम अन्तिम क्षणमा ‘सफ्ट ल्यान्डिङ’ गर्न सफल भएको थिएन। चन्द्रयान–३ मिसन सफल भएसँगै भारत अमेरिका, चीन र पूर्व सोभियत संघ जस्ता देशहरूको क्लबमा सामेल भएको छ जसले यस्तो उपलब्धि हासिल गरेका छन्।