२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’
अ अ+ अ-

काठमाडौं । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले  नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप गतिबिधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । 

उहाँले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि  रेडक्रसले गरेका जनचेतना लगायतका काम प्रशंसनीय रहेको उल्लेख गर्दै  बिभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पु¥याएको सेवाको उच्च सह्ना समेत गर्नुभयो । उहाँले भन्नुभयो “ नेपाल रेडक्रसलाई थप बलियो बनाउन सरकार सहयोग गर्न   सधैं तयार छ  । तीनपटक  नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन अझ निरन्तर क्रियाशील हुनुपर्छ । ”

हरेकवर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइन्छ ।  रेडक्रस अभियानका प्रवद्र्धक जँ हेनरी ड्युनाको जन्मदिनका अवसर पारेर यो दिवस माउन शुरुआत गरिएको हो ।   यसवर्ष  ‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ ।  

 गृह सचिव महेश्वर न्यौपानेले रेडक्रसका लागि छुट्टै कानुनबनाई यसलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने जोड दिँदै रेडक्रस कानुन निर्माणको आवश्यकता सरकारले  महसुस गरेको छ भन्नुभयो । उहाँले मन्त्रालयले रेडक्रस सम्बन्धी  विधेयक मस्यौदा गरी प्रारम्भिक प्रक्रिया अगाडि बढाएको र  रेडक्रसका हालको तदर्थ समितिले आफूले पाएको जिम्मेवारीहरु समयमै पुरा गर्नेमा सरकार विश्वस्त  रहेको बताउनुभयो । 

रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीका लाखौं स्वयंसेवक र कर्मचारी निरन्तर विपद् तथा महामारीको पीडा कम गराउन विश्वभरी लागिपरेका छन् भन्नुभयो  । उहाँले भन्नुभयो “समुदायसँग अझै नजिक रहेर महामारी तथा विपद्को रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्छ । ” 

 रेडक्रसको अन्तराष्ट्रिय समिति९आइसीआरसी० का नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुदै आएको बताउनुभयो । 
समाज कल्याण परिषदका उपाध्यक्ष डा पदम खतिवडाले रेडक्रसले महामारीका समयमा गरेको स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवा जस्ता गतिविधिहरुको प्रशंसा गर्दै  सोसाइटीले  रेडक्रस अभियानका मूल्य र मान्यताका आधारमा अगाडि बढाउन रेडक्रस कानुनका लागि गरेको पहलमा परिषद्ले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । 

सोही अवसरमा सोसाइटीले सञ्चालनगर्ने मानवीय सेवाको लागि अनलाईन डोनेशन गर्न सकिने ‘एप्लिकेशन’को पनि शुभारम्भ गरिएको थियो  । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले मानवीय सेवाका क्षेत्रमा सोसाइटीले सम्पादन गरेका कामका बारेमा प्रस्तुती राख्नुभएको थियो । 

 सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले मानवीय पीडा कम गराउनका लागि जस्तो सुकै अवस्थामा पनि परिचालित हुने स्वयंसेवक र कर्मचारीको उच्चमूल्याकंन र प्रशंसा गर्दै कोभिड महामारीको रोकथामतथा नियन्त्रणका क्षेत्रमा देशैभर रेडक्रसकर्मीले गरिरहेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले रेडक्रस कानुनको अभावमा संस्थामा देखिएका चुनौती र समस्याकाबारेमा जानकारी गराउनु हुँदै रेडक्रस कानुनको निर्माणमा सबै पक्षको सहयोगका लागि आग्रह पनि गर्नुभयो । अध्यक्ष डा नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथामतथा नियन्त्रणका लागि  रेडक्रसले गरिरहेको गतिविधिका बारेमा जानकारी गराउँदै उपत्यका र बाहिरका जिल्लामा सञ्चालनगर्न सकिने थप गतिविधिहरुको तयारी र योजनाका बारेमा पनि जानकारी दिनुभयो ।

विश्वमा रेडक्रस अभियान शुरुआत भएको एक सयवर्षपछि स्थापनाभएको नेपाल रेडक्रलसले आफ्नो सेवाको ५८ वर्ष पुरा गरिसकेको छ । हाल सोसाइटीका ७७ जिल्लाशाखा र करिब एक हजार ५००  सांगठनिक निकायमा आवद्ध १० लाख बढी सदस्य मानवीय सेवा सम्लग्न छन् ।