![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुन स्थिर रहि बिहिबारकै मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बिहिबारकै मूल्यमा यथावत रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।