१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ‘एक्चुअल’ काममा हैन ‘भर्चुल’ प्रचारमा मस्त: एमाले उपमहासचिब रिमाल



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिब बिष्णु रिमालले सरकार एक्चुअल काममा हैन भर्चुल प्रचारमा मस्त रहेको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ -मुलुक सबैतिर अस्तव्यस्त छ सरकार तर सरकार भर्चुअल खेतीमा व्यस्त छ ।

उहाँले लेख्नुभएको छ ।

लम्पी स्कीन महामारीबाट करिब ११ लाख चौपाया संक्रमित भए, ५० हजार त मरि नै सके ।

डेङ्गीले समग्र समाज त्रस्त छ, आँखा पाकेर जनताको बेहाल छ ।

आर्थिक मन्दी र महँगीले जनजीवन अस्तव्यस्त छ ।

‘रियल’ उद्यमीहरुको व्यवसाय बेहाल छ । तस्कर र माफियाहरुलाई मालामाल छ ।

प्रतिकूल मौसमका कारण यसबर्ष रोपाइँ करिब १५ प्रतिशत कम भएको छ, यसको असर अर्को बर्ष देखिने छ ।

जुम्लाको स्याउलाई केही समयपछि नै बजार चाहिएको छ, व्यवस्थापन गर्नुपर्ने सरकारी निकाय अदृष्य छ ।

आर्थिक बर्ष २०७९र८० मा विजुलीको बिक्रि १० अर्ब ४५ करोडको भएछ, तर १९ अर्ब ४४ करोडको विजुली किनिएछ ।

विजुलीमा झण्डै ९ अर्बको घाटा व्यापार भएको सत्य कुरा सरकार बोल्दैन ।

बेचेँरबेचेँ भनेर गफ लगाउँछ । ‘एक्चुअल’ काममा हैन ‘भर्चुल’ प्रचारमा मस्त छ ।

यस्तो “खेति” कहिलेसम्म?