२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ चन्द्रमामा पुगेसँगै क्रिकेट विश्वकप भारतले जित्ने मुम्बई इन्डियन्सको विश्वास



अ+ अ-

एजेन्सी । भारतले बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जुलाई १४ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ अन्तरिक्ष यानले भारतीय समयअनुसार साँझ ६ः०४ बजे सफ्ट ल्यान्डिङ गरी देशभर खुशीको लहर ल्याएको थियो ।

यो चन्द्रयानले एक दिन (१४ पृथ्वी दिन बराबर) चन्द्रमाको सतहको विस्तृत विश्लेषण गर्नेछ र पानीको निशान खोज्नेछ । अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा आफ्नो यान अवतरण गर्ने चौथो देश बनेको छ ।

भारतको चन्द्रयान सफलतापूर्वक चन्द्रमामा अवतरण गर्दा, सोशल मिडिया प्लेटफर्महरू भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)लाई बधाई दिँदै थिए । यसैबीच इन्डियन प्रिमियर लिग (आईपिएल) फ्रान्चाइजी मुम्बई इन्डियन्सले आफ्नो ट्वीटर ह्यान्डलमा यस अवसरमा एक हास्यास्पद तस्बिर पोस्ट गर्यो ।

मुम्बई इन्डियन्सले इसरोको यस उपलब्धिलाई क्रिकेटसँग जोडेको छ र लेखेको छ कि ‘२०१९ मा इसरो र भारतीय टीम दुबै असफल थिए । अब इसरो सफल भएको छ, त्यसैले विश्वास गर्नुहोस् कि भारतीय टोली पनि क्रिकेट विश्वकप जित्न सफल हुनेछ ।’

२०१९ मा विराट कोहलीको कप्तानीमा टीम इण्डियाले उत्कृष्ट प्रदर्शन गर्‍यो र समूह चरणको शीर्ष स्थानमा रह्यो तर म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डसँग २१ रनको हार बेहोरेको थियो । रोहित शर्माले २०२१ को अन्तमा एकदिवसीयमा कप्तानीको जिम्मेवारी सम्हालेका थिए र २०२३ को विश्वकप यस ढाँचामा कप्तानको रूपमा उनको पहिलो आईसीसी टूर्नामेन्ट हो ।

सन् २०१३ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा टोलीले च्याम्पियन्स ट्रफी जितेपछि त्यसयता भारतको आईसीसी ट्रफीको खडेरी सुरु भएको थियो । रोहितको नेतृत्वमा, भारतले गत वर्ष टी–२० विश्वकपको सेमिफाइनल (इङ्गल्याण्ड विरुद्ध) र जुन २०२३ मा (अष्ट्रेलिया विरुद्ध) मा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि भिडन्त गुमाएको थियो ।

एकदिवसीय विश्वकप यस वर्षको अन्त्यतिर अक्टोबर–नोभेम्बरमा भारतीय भूमिमा आयोजना हुनेछ । आयोजक भएकाले भारत उपाधि जित्ने दावेदारमध्येको एक हो । यस हप्ताको सुरुमा ब्याट्सम्यान केएल राहुल र श्रेयस अय्यरको पुनरागमनले भारतीय एकदिवसीय टोली थप बलियो भएको छ । दुवै एसिया कप टोलीमा परेका छन् । गत हप्ता तेज बलर जसप्रित बुमराहले पनि आयरल्याण्ड विरुद्धको टी–२० शृंखलामा ११ महिनाको अनुपस्थिति छि पुनरागमन गरे, जहाँ उनले भारतीय टोलीको नेतृत्व समेत गरे ।