१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

श्रम आप्रवासनका समस्या समाधानमा ‘ब्रेक थ्रु’ हुने गरी काम गरौँ: प्रधानमन्त्री प्रचण्ड

श्रम आप्रवासनका समस्या समाधानमा ‘ब्रेक थ्रु’ हुने गरी काम गरौँ: प्रधानमन्त्री प्रचण्ड
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उहाँले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैदेशिक रोजगारीका सम्बन्धमा मध्यपूर्वमा एकथरी समस्या छ, एसिया, युरोप, अमेरिका र खाडीका अन्य देशका समस्या एकै प्रकृतिका छैनन् । त्यसकारण सबैभन्दा पहिले त हाम्रो देशबाट रोजगारीमा गएकाको सङ्ख्या, गरिरहेका कामका प्रकार, अहिलेको अवस्था, डकुमेन्टेड वा अनडकुमेन्टेड के छन् रु त्यसको एकमुष्ट विवरण तयार पार्नुस् ।”

विगत १० वर्षदेखिको प्रवृत्ति हेर्दा कस्ता प्रकृतिका समस्या देखिए, त्यहाँका श्रम आप्रवासनसम्बन्धी कानूनी विषय के छ रु लगायतका विषयमा यथार्थ र वास्तविक तथ्याङ्क, अध्ययन, अनुसन्धान चाहिएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले त्यसबाटै समस्याको तत्काल समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले देश गरिब हुँदा दु:ख पाइएको उल्लेख गर्दै देश धनी बनाउने दिशातर्फ केन्द्रित हुने गरी वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी बनाउन आवश्यक भएको बताउनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक दायरामा ल्याउन विशेष अभियान चलाउनुपर्ने बताउँदै उहाँले वैदेशिक रोजगारमा हुने ठगीलाई कसरी अन्त्य गर्न सकिन्छ विशेष योजना बनाउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी देश गरिब भएर नै सबै समस्या आएको हो । देश धनी भए अन्य देशका कामदार ल्याउन सकिन्थ्यो । अब देश धनी बनाउने दिशातर्फ केन्द्रित हुँदै वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी र संवैधानिक प्रमेवर्कमा ल्याउनु पर्दछ ।”

श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्कको कमी रहेको बताउँदै उहाँले अध्ययन, अनुसन्धानका लागि ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभयो ।

आजको छलफलबाट श्रम आप्रवासनको यथार्थ विवरण सङ्कलन गर्न मुख्यसचिवको नेतृत्वमा अर्थ, श्रम, परराष्ट्रलगायतका सचिव सदस्य रहेको कार्यदललाई पाँच दिनभित्र कार्ययोजनाको मस्यौदा तयार गरी पेस गर्ने समय दिइएको छ । यसैका आधारमा सबै दूतावासमा लेखी पठाउने, सरकारलाई आवश्यक तथ्याङ्क र सूचनाका सम्बन्धमा सबै नेपाली राजदूतावासबाट सुझाव माग्ने निर्णय गरिएको छ ।

दूतावासबाट अध्ययन भइसकेपछि यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म विदेशमा रहेका सबै नेपालका राजदूत र नेपालका अन्य सरोकारवाला निकायको सहभागितामा बृहत् कार्यशाला राख्ने, रणनीति र योजना बनाउने अनि कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

छलफलमा प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारी, परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव डा वैकुण्ठ अर्याल, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, परराष्ट्र निमित्त सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशकलगायतको सहभागिता थियो । रासस