२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

ओली र नेपाल — खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

ओली र नेपाल — खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन
अ अ+ अ-

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । 

प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्न पठाउनुभएको थियो । पौडेल , नेम्वाङ्ग र नेपालबीच सिंहदरबारमा छलफल भएपनि राजनीतिक विवादको समाधान निस्कन सकेन । 

बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा  दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन । बैठकपछि संञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उपनेता नेम्वाङ्गले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्न भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पुर्याउनका लागि ठोस आधारहरुका बारेमा फेरी छलफल गर्ने सहमति भएको बताउनुभयो । आफुहरुलाई प्रधानमन्त्रीले नेता नेपालसंग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुराउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री र माधव कुमार नेपाल बीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट तय भएको हो । प्रधानमन्त्री जीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसंग कुरा गर्न पठाउनुभएको हो । हामीले गम्भीरतापुर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्यौ । धेरै खुलस्त कुरा गरियो । पार्टी अध्यक्ष ज्यूको चिन्ता र सरोकारको कुराहरु उहाँ समक्ष राख्यौ । सम्पुर्ण पार्टी पक्तिको चिन्ता र सरोकारका कुराहरु राख्यौ । उहाँले नि आफ्नो कुराहरु खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरु पार्टी अध्यक्ष समक्ष पुराउँछौ । एउटा कुरा एकदमै सकारात्मक छ । त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लैजानु्पर्छ भन्ने कुरामा विवाद छैन । तर यसलाई देखिएका समस्याहरुलाई कसरी टुंगोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो र कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौं । यही सन्र्दभमा छलफल गरेर यसलाई भर्रसक चाँडो टुंगोमा पुराउने । यसलाई टुंगोमा पुर्याउनका लागि ठोस रुपमा के आधारहरु हुनसक्छ त्यसबारेमा सल्लाह गर्ने र फेरि पनि भेटघाट गरेर पार्टीलाई एकतावद्ध बनाउने भन्ने बारेमा हामी बीच कुराकानी भएको छ । फेरि भनेको तुरुन्तै आजै बेलुकी वा भोली बिहान पनि बस्न सकिन्छ । जहाँसंग राजीनामाको कुरा छ, त्यो चर्चा हो । त्यस्तो हामीलाई लाग्दैन र हामीले यो प्रसंग पनि उठाएका थियौ उहाँले पनि थाहा पाएको जस्तो गर्नुभएन । त्यसैले यो सबै चर्चाको कुरा हो ।”

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आईतबार पार्टी भित्रकै असन्तुष्ट समुह नेपाल–खनाल पक्षसंग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई पठाउनुभएको थियो ।

यसैबीच अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरुसंग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरिरहनुभएको छ ।