• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

भिसा प्रकरणमा समिक्षाको प्रष्टिकरण: भएको यस्तो हो



काठमाडौं । गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको भिसा रद्द भएको कुरा गलत भएको बताएकी छिन् ।

संञ्चारमाध्यामहरुा भिसा रद्द भएको खबरहरु आएपछि गायिका अधिकारीले सामाजिक संञ्जालमा एक सन्देश राख्दै भिसा प्रक्रियामा नै रहेको जनाएकी छिन् । उनले सामाजिक संजालमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएको समेत जनाएकी छिन् ।

उनले लेखेकी छिन् ।

नमस्ते म समिक्षा अधिकारी !

आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।

हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो रु अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो ।

म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस ।

सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो क्ष् मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु ।

फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।
सबैको राम्रो होस् सबैको जय होस् !!

तपाईकी
समिक्षा अधिकारी