४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसा प्रकरणमा समिक्षाको प्रष्टिकरण: भएको यस्तो हो



अ+ अ-

काठमाडौं । गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको भिसा रद्द भएको कुरा गलत भएको बताएकी छिन् ।

संञ्चारमाध्यामहरुा भिसा रद्द भएको खबरहरु आएपछि गायिका अधिकारीले सामाजिक संञ्जालमा एक सन्देश राख्दै भिसा प्रक्रियामा नै रहेको जनाएकी छिन् । उनले सामाजिक संजालमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएको समेत जनाएकी छिन् ।

उनले लेखेकी छिन् ।

नमस्ते म समिक्षा अधिकारी !

आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।

हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो रु अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो ।

म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस ।

सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो क्ष् मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु ।

फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।
सबैको राम्रो होस् सबैको जय होस् !!

तपाईकी
समिक्षा अधिकारी