टोरन्टो। क्यानडाको गभर्नर जनरल पदमा गैर आबासीय नेपाली मानकाजी श्रेष्ठले दावी प्रस्तुत गर्नुभएको छ । सन् १९९८ देखी क्यानाडामा बसोबास गर्दे आउनु भएका श्रेष्ठले गैर आबासीयहरुले पाउने उच्च पदमा लागि आफू योग्य भएको भन्दै दाबी प्रस्तुत गर्नुभएको हो ।
श्रेष्ठको अभियानलाई क्यानडामा रहेका गैर आबासीय नेपाली समुदायले गौरवको रुपमा लिदै सहयोग अभियान नै संञ्चालन गरेका छन् । जन्मथलो गोरखा भएका श्रेष्ठले नेपालबाट प्रबिणता प्रमाणपत्र तहको अध्यायन सकि उच्च शिक्षको लागि रसिया बाट इलेक्टिकल इञ्जिनियरिंगको अध्यायन पुरा गर्नुभएको छ । रसिया बाट उच्च शिक्षा लिएपछि नेपालमा भवन विभाग, विद्युत प्राधिकरण लगायतका कार्यालयमा काम गर्दे थप अबसरका लागि क्यानडा पुग्नु भएको थियो ।
क्यानडामा रहदा सन् २०१० देखि २०१३ सम्म बिसी हाइड्रो कम्पनीमामा इनर्जी म्यानेजमेन्ट इञ्जिनियरकारुपमा परामर्स सेवा प्रदान गर्नुभएको थियो ।पूर्व ब्रिटिश कोलोनी रहेको क्यानडा संवैधानिक प्रजातान्त्रिक देश हो । क्यानाडाको राष्ट्र प्रमुख बेलायतकी महारानी एलिजावेथ द्वितीय हुनहुन्छ । क्यानाडाको कानून अनुसार जनविर्वाचित प्रधानमन्त्रीले राजसंस्थाको प्रतिनिधित्व गर्ने एक व्यक्तिलाई गभर्नर जनरलका रुपमा नियुक्त गर्ने व्यबस्था रहेको छ ।
नियुक्तिको लागि दाबी गर्दे श्रेष्ठले भन्नुभयो “म साम्प्रदायिक जातीय, परिवार र आफ्नो चासो भन्दा माथी उठेर आफ्नो बलबुताले भ्याएसम्म क्यानाडाको सेवामा सर्मपित गर्न चाहन्छु। ” यो पटक मैले अबसर पाउने आशा पनि गरेको छु । हाल सम्म यो पदमा ७२ ब्यक्ति नियुक्ति भएपनि हाल सम्म एशियन मुलुक बाट भने यो अबसर पाएका छैनन् । आफुले अबसर आए निशुल्क रुपमा नै काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
क्यानडाको गभर्नर जनरलले मुख्य गरेर संवैधानिक जिम्मेवारी, सेनाको परमाधिपति, क्यानाडाभित्र र बाहिर क्यानाडाको प्रतिनिधित्व, राम्रो काम गर्नेहरुलाई प्रेरित गर्ने र क्यानेडीयनहरुलाई एकतावद्ध राख्नेकाम गर्दछन् ।
यसै गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, संसद बोलाउने र प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउने र कानुन प्रमाणित गर्ने काम पनि गभर्नरका काम हुन्। प्रधानमन्त्रीको सल्लाहमा प्राइभी काउन्सिलमा नियुक्ति, १० वटा प्रान्त र ३ वटा टेरिटोरीका लागि राजसंस्थाका प्रतिनिधि लेफ्टिनेन्ट गभर्नरको नियुक्ति गर्ने लगायतका कामहरु पनि जिम्मेवारीमा पर्छन्।
बिभिन्न सामाजिक कार्यमा निरन्तर सक्रिय श्रेष्ठले आफनो अभियानका बारेमा नेपाली समूदाय संग अन्तरक्रिया समेत गर्ने तयारी गर्नुभएको छ । श्रेष्ठको अभियानलाई तिब्रता दिन अरोरा अन्टारियोका डा.पुण्यसागर मरहट्टाको संयोजनकत्वमा अभियान नै संञ्चालन गरिएको छ ।











