२१ श्रावण २०८३, बिहीबार
,
Latest
कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्कीको निधनमा कांग्रेसले भोलि पार्टी कार्यालय बन्द गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान बसेको आकस्मिक कार्यसमितिको बैठकमा कांग्रेसले कार्कीको निधनमा दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

कार्कीको सम्मानस्वरुप कांग्रेसले भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा। कार्कीको बुधबार निधन भएको थियो ।




भर्खरै