१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्रहरु, संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ– विष्णु रिमाल



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले बरामद अवैध सुन प्रकरणमा छानबिन आयोग गठन गर्ने सहमति जस्तो संवेदनशील विषयमा ‘ठट्टा’ नगर्न आग्रह गर्नुभएको छ ।

अवैध सुन बरामद प्रकरणमा छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै ‘प्रभावशाली’ भनिने नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगीन टालो’ भनी दिएको टिप्पणीप्रति उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आग्रह गर्नुभएको हो । “एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समाउनु, बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस तम्सिनु, सुन पो रहेछ भन्ने सूचना लिक हुँदानहुँदै समातिएको मध्ये केही सुन गायब पारिनु … र यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अवरोध हुनु संयोग मात्र थिएन”, उहाँले भन्नुभएको छ ।

छानबिन आयोग बन्ने सहमतिप्रति गठबन्धनका नेताले गरेको टिप्पणीप्रति उपमहासचिव रिमालले भन्नुभयो, “साथीहरुको नियतमा कहीँ न कहीँ खोट छ। अहिले यत्ति चाँहि भनौँ– मित्रहरु, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ है ?”