१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समिक्षाको भिसा रद्द



अ+ अ-

काठमाडौँ । गायिका समिक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको छ । तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समीक्षाको नेपालस्थित अस्ट्रेलियन दूतावासले भिसा रद्द गरिदिएको हो ।

समिक्षाले आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै आवेदन दिएकी थिइन् । तर, यसअघि अस्ट्रेलिया जाँदा लगेको केयर टेकरलाई उतै छोडेर आएपछि उनको भिसा रद्द भएको बताइन्छ ।

समिक्षाले पछिल्लोपटक फागूपूर्णिमाको अवसरमा अस्ट्रेलिया जादा आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । अहिले फेरि तीजको अवसरमा अस्ट्रेलिया जाने तयारीमा रहेकी उनले केयर टेकरको आवश्यकता पर्ने भन्दै अर्को व्यक्तिको लागि आवेदन दिएकी थिइन् ।

पहिले लगेको केयर टेकर उतै छाडेको कारण अस्ट्रेलियन दूतावासले उनको १ वर्षको भिसा अवधि रहँदापनि रद्द गरिदिएको बताइएको छ ।यद्यपी यसबारे समिक्षाले भने केहि बोलेकि छैनन् ।