६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्सिनाटिलाई टाइब्रेकरमा हराउँदै मायमी यूएस ओपनको फाइनलमा



अ+ अ-

एजेन्सी । लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपन कपको फाइनलमा पुगेको छ ।

सेमिफाइनल खेलमा सिन्सिनाटिलाई टाइब्रेकरमा ५-४ ले हराउँदै मायमीले फाईनलमा स्थान पक्का गरेको हो ।

सिन्सिनाटिकाको मैदानमा भएको खेल निर्धारित समयमा २-२ र त्यसपछि ३० मिनेटके अतिरिक्त थप समय १-१ गोलको बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४-४ गोल प्रहार गरेका थिए । सिन्सिनाटिका हागलन्डले गरेको पाँचौ प्रहार मायमीका गोलरक्षक क्यालेन्डरले बचाए । त्यसपछि मायमीका लागि क्रेमास्कीले पेनाल्टीमा गोल गर्दै जित दिलाए ।

खेलको १८ औं मिनेटमा सिन्सिनाटिका लुसियानो अकोस्टाले गोल गर्दै सुरुवाति अग्रता दिलाए। दोस्रो हाफको ५३ औं मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा मायमीका लागि लिओनार्डो काम्पानाले मेस्सीको फ्रिकिकमा हेडरमार्फत गोल गरेका दिए । इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटको अन्तिम समयमा मेस्सीकै लामो पासमा काम्पानाले पुन: गोल गरे ।

अतिरिक्त समयको पहिलो हाफमै मायमीका क्रेमास्कीको पासमा जोसेफ मार्टिनेजले गोल गर्दै ३-२ को अग्रता दिलाए । फेरी सिन्सिनाटिका युया कुबोले गोल गर्दै खेल ३-३ को स्थितिमा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो ।

अब ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग मियामिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।