• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

चालू आर्थिक वर्षको पहिलो महिना: व्यापार घाटा १ खर्ब १५ अर्ब



काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।

व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ ।

भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ ।

गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको पनि विभागले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।