१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरा पर्वका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।रासस