१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

थाइल्याण्डका नवनियुक्त प्रधानमन्त्री थाभिसिनद्वारा पदभार ग्रहण

थाइल्याण्डका नवनियुक्त प्रधानमन्त्री थाभिसिनद्वारा पदभार ग्रहण
अ अ+ अ-

बैंककः राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गर्नु भएको छ । अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी पूर्व धनाढ्य थाभिसिनको नियुक्तिले आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक गतिरोध अन्त्य गरेको छ ।

थाक्सिन १५ वर्षको निर्वासनबाट स्वदेश फर्केको केही घण्टापछि मङ्गलबार संसदीय मतदानबाट ६१ वर्षीय थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको पुष्टि गरिएको थियो । त्यसैगरी थाक्सिनलाई भ्रष्टाचारको पुरानो मुद्दामा तत्काल जेल चलान गरिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार साँझ ६ः०० बजे फेउ थाई मुख्यालयमा आयोजित एक समारोहमा श्रीथाले राजा महावजिरालोङकोर्नको सरकार गठनको लिखित आदेश प्राप्त गर्नुभएको थियो । थाइल्यान्डको पछिल्लो सरकारलाई सत्ताच्युत गर्ने पूर्व सेनाप्रमुख प्रयुत चान ओ चाले श्रेथालाई बधाई दिँदै शुभकामना दिनुभएको छ ।

गत मे महिनामा भएको चुनावमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले युवा र शहरी असन्तोषको लहर चलाएपछि प्रयुतको दल पराजीत हुन पुगेको हो ।

तर एमएफपीले शाही अपमान कानूनमा सुधार गर्न र शक्तिशाली निहित व्यापारिक स्वार्थहरू विरुद्ध लड्ने बताएपछि थाइल्याण्डको अभिजात वर्गलाई तर्साएको थियो । यही कारण एएफपी नेता पिता लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो ।

यसले चुनाव उपविजेता फेउ थाईका लागि एक गठबन्धन निर्माण गर्न बाटो खोल्यो जसमा प्रयुतको पार्टी र सन् २००६ मा थाक्सिनलाई सत्ताच्युत गर्ने जनरलहरू र २०१४ मा उहाँकी बहिनी यिङ्गलकसँग सम्बन्धित अर्को गठबन्धन रहेको छ ।

थाई राजनीतिको पछिल्लो दुई दशक थाक्सिन समर्थक पार्टीहरू र राज्यको शक्तिशाली सैन्य समर्थक र राजावादी संस्थापनबीचको तिक्ततापूर्ण सङ्घर्षले रङ्गिएको छ ।

थाक्सिनलाई मङ्गलबार आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर उहाँको पुनरागमनको समय र फेउ थाईको सैन्य समर्थक पार्टीहरूसँग सत्ता साझेदारी गर्ने निर्णयले धेरैलाई उहाँलाई उदारता प्रदान गर्न ‘ब्याकरुम’ सम्झौता गरिएको अनुमान गर्ने आधार खडा गरेको छ । यद्यपि, पार्टीले यसलाई अस्वीकार गरेको छ ।

म्यानचेस्टर सिटीका पूर्व मालिक ७४ वर्षीय थाक्सिनलार्ई बुधबार कारागारको क्वारेन्टाइनबाट प्रहरी अस्पतालमा सारिएको थियो ।

थाइ सञ्चारमाध्यमका अनुसार उहाँलाई बैङ्ककको डाउनटाउनमा रहेको प्रहरी जनरल अस्पतालको १४ औं तल्लामा रहेको एक निजी भीआईपी कोठामा राखिएको छ ।