२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डका नवनियुक्त प्रधानमन्त्री थाभिसिनद्वारा पदभार ग्रहण



अ+ अ-

बैंककः राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गर्नु भएको छ । अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी पूर्व धनाढ्य थाभिसिनको नियुक्तिले आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक गतिरोध अन्त्य गरेको छ ।

थाक्सिन १५ वर्षको निर्वासनबाट स्वदेश फर्केको केही घण्टापछि मङ्गलबार संसदीय मतदानबाट ६१ वर्षीय थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको पुष्टि गरिएको थियो । त्यसैगरी थाक्सिनलाई भ्रष्टाचारको पुरानो मुद्दामा तत्काल जेल चलान गरिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार साँझ ६ः०० बजे फेउ थाई मुख्यालयमा आयोजित एक समारोहमा श्रीथाले राजा महावजिरालोङकोर्नको सरकार गठनको लिखित आदेश प्राप्त गर्नुभएको थियो । थाइल्यान्डको पछिल्लो सरकारलाई सत्ताच्युत गर्ने पूर्व सेनाप्रमुख प्रयुत चान ओ चाले श्रेथालाई बधाई दिँदै शुभकामना दिनुभएको छ ।

गत मे महिनामा भएको चुनावमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले युवा र शहरी असन्तोषको लहर चलाएपछि प्रयुतको दल पराजीत हुन पुगेको हो ।

तर एमएफपीले शाही अपमान कानूनमा सुधार गर्न र शक्तिशाली निहित व्यापारिक स्वार्थहरू विरुद्ध लड्ने बताएपछि थाइल्याण्डको अभिजात वर्गलाई तर्साएको थियो । यही कारण एएफपी नेता पिता लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो ।

यसले चुनाव उपविजेता फेउ थाईका लागि एक गठबन्धन निर्माण गर्न बाटो खोल्यो जसमा प्रयुतको पार्टी र सन् २००६ मा थाक्सिनलाई सत्ताच्युत गर्ने जनरलहरू र २०१४ मा उहाँकी बहिनी यिङ्गलकसँग सम्बन्धित अर्को गठबन्धन रहेको छ ।

थाई राजनीतिको पछिल्लो दुई दशक थाक्सिन समर्थक पार्टीहरू र राज्यको शक्तिशाली सैन्य समर्थक र राजावादी संस्थापनबीचको तिक्ततापूर्ण सङ्घर्षले रङ्गिएको छ ।

थाक्सिनलाई मङ्गलबार आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर उहाँको पुनरागमनको समय र फेउ थाईको सैन्य समर्थक पार्टीहरूसँग सत्ता साझेदारी गर्ने निर्णयले धेरैलाई उहाँलाई उदारता प्रदान गर्न ‘ब्याकरुम’ सम्झौता गरिएको अनुमान गर्ने आधार खडा गरेको छ । यद्यपि, पार्टीले यसलाई अस्वीकार गरेको छ ।

म्यानचेस्टर सिटीका पूर्व मालिक ७४ वर्षीय थाक्सिनलार्ई बुधबार कारागारको क्वारेन्टाइनबाट प्रहरी अस्पतालमा सारिएको थियो ।

थाइ सञ्चारमाध्यमका अनुसार उहाँलाई बैङ्ककको डाउनटाउनमा रहेको प्रहरी जनरल अस्पतालको १४ औं तल्लामा रहेको एक निजी भीआईपी कोठामा राखिएको छ ।