२३ असार २०८३, मंगलवार
,
Latest
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई र कक्षा १२ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।

जेठ १३ गतेदेखि सञ्चालन गर्ने एसईई  परिक्षाको तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन।

‘कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने।

यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्।

गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो।