२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न रिट दर्ता, भोलि नै पेशी



file photo
अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीतविश्वासको मत लिएको भन्दै एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएर मुद्दा दर्ता गरिएको छ ।

रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ । र, कार्कीले संविधानको धारा १६८ को उपधारा (३)अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग पनि गरेका छन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई प्रयोग गर्दै सोमबार विश्वासको मत लिएका थिए । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत गएको हो ।

यो पनि पढ्नुहोस: कोशी प्रदेशसभाको बैठक अनिश्चितकाल सम्म स्थगित