५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहनलाई सम्झिँदै योगेशले भने – एमालेलाई संसद् सँधै प्रिय छ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले एमालेका कारण संसद् चल्न नसकेको भन्दै बाहिर हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले एमाले संधै संसद्को पक्षमा रहेको बताउँदै एमालेलाई संसद् सँधै प्रिय रहेको बताए ।

‘यो संसद् सत्तापक्षलाई चाहिन्छ या चाहिँदैन थाहा छैन तर एमालेका निम्ति चाहिन्छ । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसको दुई तिहाई बहुमत थियो । कम्युनिस्टको चार सिट थियो । तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरे । चार सिट भएको कम्युनिस्ट पार्टीले संसद् पुनःस्र्थापनाको माग राख्यो । त्यसको मतलब हामीलाई संसद् कति प्रिय छ भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’ उनले भने ‘वयोवृद्ध प्रधानमन्त्री मनमोहन अधिकारी हवाई दुर्घटनामा घाइते हुनुभयो । उहाँमाथि अविश्वासको प्रस्ताव थियो । हाम्रो अनुरोध थियो । एकहप्ता पर्खिनुस् भनेका थियौं तर एक सेकेन्ड पनि समय दिइएन । शिक्षण अस्पतालबाट संसद्लाई सम्बोधन गरेको दुनियाँमै पहिलो रेकर्ड होला । उहाँले संसद्लाई सम्बोधन गरेर राजीनामा पेश गर्नुभो । हामीलाई संसद् त्यती प्रिय छ ।’