१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्याक अफ एमसीसी’ भन्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित आधा दर्जन कम्युनिस्ट पार्टीले बुधबार संयुक्तरुपमा सङ्घीय संसद् भवननजिक नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘ब्याक अफ एमसीसी’ भन्दै नारा लगाएका थिए । एमसीसीको विरोधसहित संसद् घेराउ गर्ने अन्य पार्टीमा मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९मसाल०, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी सहभागी छन् ।