४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री किराँतीलाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किराँतीका बुबाको आज बिहान निधन भएको हो ।

बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।  उहाँ लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनहुन्थो ।

पिताको निधनपछि मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने जनाउनु भएकाे छ ।

उहाँले लेख्नुभएकाे छ –

भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !