५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत



अ+ अ-

काठमाडौँ । चिनियाँ राजदूतावासले चिनियाँ भाषा, सांस्कृतिक प्रस्तुति, चित्रकलालगायतका विभिन्न चार विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई एक समारोह आयोजना गरी पुरस्कृत गरेको छ ।

चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष्कारका क्षेत्रमा चीनले गरेको प्रगति देखेर निकै प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले चीन सधँै भरपर्दो सहयोगी र सहकर्मी रहँदै आएको बताउनुभयो ।

मन्त्री राईले विज्ञान प्रविधिको क्षेत्रमा पनि चिनियाँ सरकारले नेपाल सरकारसँग थप सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिँदै सांस्कृतिक, आर्थिक, विज्ञान, प्रविधि, यातायात र सञ्चारको सहयोग आदानप्रदानले दुवै देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । भाषाले शक्तिशाली मात्र नभई समृद्धिका लागि पनि मद्दत पुर्‍याउने उल्लेख गर्दै मन्त्री राईले दुई देशबीचको शैक्षिक आदानप्रदान र सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

समारोहमा नेपालका लागि चीनका राजदूत छेन सोङले चिनियाँ पक्षले नेपालमा चिनियाँ भाषा शिक्षाको स्तरोन्नतिलाई सशक्तरूपमा प्रवर्द्धन गर्न, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र अनुदान उपलब्ध गराउने चिनियाँ भाषा शिक्षालाई व्यावसायिक, उच्चस्तरीय र पाठ्यक्रमका रूपमा विकास गर्नका लागि प्रवर्द्धन गर्न नेपाली पक्षसँग मिलेर काम गर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले यस वर्षको सुरुआतदेखि महामारीको प्रभाव कम भएपछि दुई देशका जनता–जनताबीचको सम्बन्ध र सांस्कृतिक आदानप्रदान र सहयोगमा वृद्धि भएको बताउनुभयो ।

राजदूत छेनले विगत १० वर्षमा ‘बेल्ट एण्ड रोड’ लाई विन–विन सहयोगको बाटो मात्र नभई सभ्यताबीचको आपसी सिकाइको मार्ग पनि बनाउँदै सिल्क रोडको भावनालाई विरासतको रूपमा अगाडि बढाउन हात मिलाएको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुति गर्नुभएको थियो । रासस