५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेबारी



अ+ अ-

मकवानपुर । बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकार प्रवक्ता गङ्गानारायण श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले विज्ञान प्रविधि नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले बागमती प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न प्रदेशसभालाई आग्रह गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।

त्यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलालाई नि:शुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गरेको उहाँले बताउनुभयो । रासस