• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

फुटसल जितेको बेबिलोन स्कुललाई ट्रफि र पदक वितरण



काठमाण्डौ । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)द्वारा माफका सदस्य १६ विद्यालयवीच आयोजना गरिएको फुटसल प्रतियोगितामा विजयी भएको शान्तिनगरको बेबिलोन नेशनल स्कुल र विजयी विद्यार्थी टीमलाई मंगलबार पुरस्कार वितरण गरिएको छ ।

विजयी खेलाडीका अभिभावकहरुको उपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टीमका गोलरक्षक विशाल श्रेष्ठले विद्यालयलाई ट्रफि तथा विजयी खेलाडीहरुलाई पदक र प्रमाणपत्र वितरण गरे ।

हाल मछिन्द्र फुटबल क्लवसंग आवद्ध रहेका गोलरक्षक श्रेष्ठले बेबिलोन स्कुलले जितेको ट्रफि प्रिन्सिपल राजु राई तथा भाइस प्रिन्सिपल रीता राईलाई तथा पदक र प्रमाणपत्रहरु विजयी विद्यार्थीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई, बेबिलोन स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश आचार्य तथा विद्यालयका निर्देशकहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयको तर्फबाट गोलरक्षक विशाल श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।