२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै



अ+ अ-

काठमाडौँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो)बन्ने भएको छ ।

निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गर्नुभएको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उहाँको आवरण (लुक्स)सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।” निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताउनुभयो ।

अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गर्नुभएको थियो । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिनुभयो । बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमाडौँमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गर्नुभएको थियो ।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाउनुभएका ताम्राकारको निर्देशक बन्ने योजना थियो ।