२० श्रावण २०८३, बुधबार
,
Latest
एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो न्यायपालिकाको स्वतन्त्रतामाथि देखिएका चुनौतीबारे अन्तर्राष्ट्रिय चासोलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई डढेलोमा ११५ जनाको मृत्यु, ८५० अझै बेपत्ता



अ+ अ-

माउई । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५०जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छभने अबको खोज बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन् । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको आग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सात्वाना दिनुभएको छ ।

राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा सङ्घीय सरकारबाट सबै सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरुप पुनर्निर्माण गर्नेछौँ ।”

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।