१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई डढेलोमा ११५ जनाको मृत्यु, ८५० अझै बेपत्ता



अ+ अ-

माउई । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५०जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छभने अबको खोज बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन् । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको आग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सात्वाना दिनुभएको छ ।

राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा सङ्घीय सरकारबाट सबै सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरुप पुनर्निर्माण गर्नेछौँ ।”

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।