२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा स्थिति सामान्य बन्दै, राजमार्ग–३७ को नाकाबन्दी हटाइयो



अ+ अ-

एजेन्सी । मणिपुरको अवस्था सामान्य अवस्थामा फर्किएको देखिन्छ । राजधानी इम्फाललाई आसामको सिल्चर जोड्ने राष्ट्रिय राजमार्ग–३७ मा आदिवासी समूहले लगाएको नाकाबन्दी हटाइएको छ ।

अत्यावश्यक वस्तु बोकेका १७१ ट्रकको आवतजावत सुनिश्चित गर्न प्रहरी र सुरक्षाकर्मीले यो कदम चालेका हुन् ।

प्रहरीले एनएच–३७ खाली गरिसकेको छ, तर आदिवासी संगठनले अझै पनि इम्फाललाई नागाल्याण्डको दिमापुरसँग जोड्ने राष्ट्रिय राजमार्ग–२ अवरुद्ध गर्न जारी राखेको छ ।

मणिपुरको पहाडी क्षेत्रका कुकी समुदायलाई अत्यावश्यक वस्तुको पर्याप्त आपूर्तिको माग गर्दै जनजाति एकता समितिले सोमबार फेरि काङ्पोकपीको एनएच–२ र तामेङ्लोङ जिल्लाको एनएच–३७लाई केही ठाउँमा अवरुद्ध गरेको छ ।

आगजनीको घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यी व्यक्तिहरूले एक दिन अघि इम्फाल पश्चिममा चार घर र एउटा सामुदायिक हल जलाएको आरोप छ । यससँगै विभिन्न जिल्लामा प्रहरीले खोजी कार्यका क्रममा हातहतियार बरामद गरेको छ ।

मैतेई समुदायले अनुसूचित जनजाति (एसटी)को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लाहरूमा ‘आदिवासी ऐक्यबद्धता मार्च’ निकालेपछि मेको शुरुमा राज्यमा हिंसा भड्किएको थियो । त्यसयता मणिपुरमा जातीय हिंसामा १६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।