• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान



एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ ।

मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।

सो क्रममा उहाँले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गर्नुभएको थियो । थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो ।

तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आउनुभएको थियो । थाइल्याण्डको अदालतले उहाँलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आउनुभएको छ । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बतउनुभएको थियो ।

सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।