२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान



अ+ अ-

एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ ।

मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।

सो क्रममा उहाँले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गर्नुभएको थियो । थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो ।

तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आउनुभएको थियो । थाइल्याण्डको अदालतले उहाँलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आउनुभएको छ । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बतउनुभएको थियो ।

सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।