२३ श्रावण २०८३, शनिबार
,
Latest
हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना



अ+ अ-

काठमाडौँ । एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिनुभएको छ ।

मंगलबार दिउँसो शीतल निवासमा राष्ट्रपति पौडेलले एसिया कप खेल्न भोलि पाकिस्तान प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिनुभएको हो ।

यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलले बताउनु भयो ।

नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको राष्ट्रपति पौडेलको भनाई छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय रहेको बताउँदै राष्ट्रपति पौडेलले उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न खेलाडीहरुको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नै पशुपतिनाथ पुगेर दर्शन पनि गरेका थिए । एसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।