एजेन्सी । भारतको महाराष्ट्र राज्य पुणे जिल्लाको बारामतीमा पाँच डाँकुहरूले शुभ समयको बारेमा ज्योतिषीसँग साइत हेराएर एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति लुटेका छन् ।
यस घटनामा ज्योतिषीसहित पाँच डाँकुलाई पक्राउ गरिएको छ । सागर गोफने सहरबाहिर गएका बेला पाँचजना डाँका उनको घरमा घुसेका थिए । डाँकुहरुले गोफनेकी श्रीमतीलाई मौन बनाएर ९५ लाख नगद र ११ लाखका गरगहना लुटेर लगेको प्रहरी अधिकारीले बताए ।
प्रहरी अधिकारीले भने, “हाम्रो अनुसन्धान सचिन जगधने, राईबा चव्हाण, रविन्द्र भोस्ले, दुर्योधन उर्फ दीपक जाधव र नितिन मोरेमा केन्द्रित थियो । उनीले लुटपाटको शुभ समय थाहा पाउन ज्योतिषीसँग सल्लाह गरेका थिए ।’
पुणे ग्रामीणका यी अधिकारीले भने, “हामीले ज्योतिषी रामचन्द्र चावालाई यस अपराधमा उनको भूमिकाको लागि पक्राउ गरेका छौं । ७६ लाख बरामद गरेका छौं । छानबिन भइरहेको छ ।’