२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका किसान काटिएको धानको गाँजबाट पुन: धान फलाउन सफल



अ+ अ-

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुन: धान फलाउन सफल भएका छन् ।

रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो । किसानहरुले परम्परागत रुपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरुको भनाइ छ ।

विज्ञहरूकाअनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो ।

माटोको बनावटअनुसार फरकफरक रुपमा छनोट गरिएको खेतमा विज्ञहरुले परीक्षण गरेका थिए । पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय,पैसा वचत गरेको र उत्पादन पनि दोब्बर भएको बताउनु भयो ।

उहाले भन्नुभयो ‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको वचत गर्छ ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताउनु भयो ।

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुन: उत्पादन लिन सकिनेछ । जस्तै उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुन: उत्पादन गरिन्छ । यसले समय र श्रमको वचत हुन्छ । यससँगै किसानले कम लागत, दक्षतावृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रुपमा भुमिको प्रयोग गर्न सक्नेछन् ।