४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरानबीच सहमति: दुई महिनाभित्र कैदीहरु आदानप्रदान गर्ने, रोकेको सम्पती छोड्ने



अ+ अ-

एजेन्सी । इरान र अमेरिकाबीच कैदीबन्दी आदानप्रदान र इरानको रोक्का गरिएको सम्पती फुकाउ गर्ने बारेमा दुई महिनाको समयसीमा तोकिएको छ ।

सोमवार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिङटनबीच कैदीहरु आदानप्रदान र इरानको रोकिएको सम्पती फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको बताउनुभएको हो ।

सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमा भित्र पूरा हुने आशा गरेको बताउनु भयो । उहाँले इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८ औं सत्र भन्दाअघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको बताउनु भयो । उहाँले इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि बताउनु भयो ।

अगस्टको शुरुवातमा इरान र संयुक्त राज्य अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो । जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रुपमा कैदीहरु आदानप्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैध रुपमा अवरुद्ध गरिएका इरानी सम्पतीहरु छोड्नुपर्ने सम्झौता भएको थियो ।