२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आगामी सेप्टेम्बरदेखि हट एयर बलुन उडान सुरु हुने



अ+ अ-

पोखरा । मनसुनका कारण रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बरदेखि पुन: सञ्चालनमा आउने भएको छ ।

मौसममा सुधार भएसँगै करिब तीन महिना रोकिएको हट एयर बलुन सेप्टेम्बर १ देखि सुरु गर्न लागिएको हो ।

पोखराको साहसिक पर्यटनलाई ध्यानमा राख्दै पुन: सुचारु गर्न लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको छ ।

करिब ६ हजार फिट माथिसम्म उड्ने हट एयर बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

विगतमा एक मात्रै बेलुन उडाइरहेको बेलुन नेपालले अब २ वटा उडाउने अध्यक्ष बादेले जनाए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडाइने बलुन अमेरिकी र भियतनामी गरी दुई जना पाइलटले उडाउनेछन् ।

हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ भने सार्क मुलुकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । यस्तै कम्पनीले नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहेमा आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकेको छ ।




भर्खरै